काठमाडौं । नेप्सेमा ३ कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार आशा लघुवित्त, विजय लघुवित्त र साना किसान विकास लघुवित्तको को शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यी ३ वटै कम्पनीको शेयर मर्जर पश्चात नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये आशा लघुवित्तले राष्ट्र उत्थानलाई प्राप्ति गरे पश्चात आशा लघुवित्तको नाममा २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था मर्जर पश्चात ३६ लाख १० हजार ४ सय ३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सो कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ७ सय ३ रुपैयाँ ५५ पैसा ओपनिङ्ग रेन्ज तय गरेको छ ।
त्यसैगरी, आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त मर्जर पश्चात साना किसान विकास लघुवित्तको नाममा रहेको १ करोड ३६ लाख ४ हजार ५ सय ६९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ८ सय ४८ रुपैयाँ ३६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।



