images
images

३८ अंकले घट्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार 


  • 386
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    ३८ अंकले घट्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.३७ अंकले घटेर २ हजार ५१ दशमलब ४७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ६५ स्क्रिपको २ अर्ब ६८ करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । शुक्रबार १ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका १८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ९७ कम्पनीको शेयर मुल्य घटेको छ । २ कम्पनीको शेयर मुल्यमा स्थिर छ । 

    आज सबैभन्दा धेरै सानिमा बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज एभरेष्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइएमई लाइफ इस्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ । नेपाल रिपब्लिक मिडियाको ९.९८ प्रतिशतले बढेको छ । कृषि विकास बैंकको ६.७३ प्रतिशतले बढेको छ । 

     

     


    images
    images

    Logo