काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३६.६४ अंकले घटेर २ हजार ८९ दशमलव ८४ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ३ दिन नेप्से परिसूचक बढेर बन्द भएको छ भने २ कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १.७१ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५३ अर्ब रुपैयाँ घटेर ३० खर्ब ७१ अर्बमा सीमित भएको छ।
साताको पहिलो दिन आइतबार २६.१४ अंकले घटेर २ हजार १ सय दशमलव ३४ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ५.८४ अंकले बढेर २ हजार १ सय ६ दशमलव १८ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार २८.५९ अंकले घटेर २ हजार ७७ दशमलव ५८ विन्दुमा पुगेको थियो सो दिन १ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ९.२५ अंकले बढेर २ हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ५७ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो ।
साताको अन्तिम दिन विहीबार ३ अंकले बढेर २ हजार ८९ दशमलव ८४ विन्द्युमा पुगेको थियो । सो दिन १ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता म्युचुअल फण्ड, बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक बढेको हो। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ०.९४ प्रतिशत बढेको छ।
यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.११ प्रतिशत घटेको छ। यस साता दुई कम्पनीको कुल ४ करोड ९६ लाख ७५ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ। यस साता आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको शेयर नेप्सेमा सूचीकृत भएको हो।



