काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको नाफा बढेको छ । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा १६ करोड २ लाख नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ८.३९ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा बैंकले १४ करोड ७८ लाख आर्जन गरेको थियो ।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने १४ करोड ३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी सञ्चालन मुनाफा २२ करोड ८९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २१ करोड २७ लाख रहेको थियो । बैंकको खुद व्याज आम्दानी ३४ करोड ८५ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३० करोड ९३ लाख रहेको थियो ।
बैंकले ६ अर्ब ५० करोड निक्षेप संकलन गरेर ४ अर्ब २१ करोड कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ६ करोड निक्षेप संकलन गरेर ४ अर्ब ८२ करोड कर्जा विस्तार गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १ करोड रहेको छ । जगेडा कोषमा २९ करोड ६३ लाख छ भने कम्पनीको संचित नाफा १४ करोड ३ लाख रहेको छ ।कम्पनीको प्रति सेयर आम्दानी १५.७९ रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षमा १६.३७ रुपैयाँ रहेको थियो । त्यसैगरी नेटवर्थ १ सय ४३ रुपैयाँ ३ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात २५.५९ गुणा रहेको छ ।



