images
images

कृष्णभीर सडकमा परीक्षणका रूपमा एकतर्फी गाडी सञ्चालन


  • 105
    SHARES
  • २०८३ भाद्र २८ गते आइतबार

    कृष्णभीर सडकमा परीक्षणका रूपमा एकतर्फी गाडी सञ्चालन

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आजदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि भदौ १४ गते कृष्णभीरमा सडक भासिएको थियो ।

    भासिएको सडकभन्दा केही माथि भित्तो कटान गरी नयाँ ट्र्याक निर्माण गरेर सडक सञ्चालनमा ल्याइएको हो । सडकको अवस्था परीक्षण गर्ने उद्देश्यले तत्कालका लागि एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको जनाइएको छ ।

    आज दिउँसो नयाँ ट्र्याक हुँदै ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको थियो । ग्यास बुलेट पार गराउने क्रममा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमसहित नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको थियो ।

    तत्कालका लागि ग्यास बुलेट र ट्रकलाई मात्रै उक्त सडकखण्डबाट सञ्चालन गरिनेछ । सडकको अवस्था र सवारी सञ्चालनको प्रभाव हेरेर यातायातलाई थप सहज बनाउँदै लैजाने तयारी छ ।

    नयाँ ट्र्याक निर्माण भए पनि सडकको ग्राभेलिङ तथा कम्प्याक्सनको काम भने अझै बाँकी रहेको छ । ती काम पूरा भएपछि सडकलाई थप व्यवस्थित रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ ।


    images
    images

    Logo