काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८५ पैसा कायम रहेको छ । शुक्रबार डलर अधिकतम खरिददएर १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत केहीदिनदेखि नै डलरको मूल्यमा वृद्धि हुँदै आइरहेको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ ९६ र बिक्री दर १ सय ६८ रुपैयाँ ७२ पैसा रहेको छ।
