images
images

दोस्रो दिनसम्म अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?


  • 486
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    दोस्रो दिनसम्म अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

    काठमाडौं । दोस्रो दिनसम्म अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओ करिब साढे ६ लाखको आवेदन परेको छ । आज साँझसम्ममा६ लाख ३६ हजार १३८ जनाले ७२ लाख ६४ हजार ९४० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३.७१ गुणा बढी आवेदन हो । 

    अप्पर लोहोरे खोलाले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३ सय ९५ अर्थात् १९ लाख ८८ हजार २ सय ३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८ सय २४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।

    यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४ सय १२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २ सय ७९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

    कम्प्नीको आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

      


    images
    images

    Logo