images
images

भारतले प्रतिबन्ध लगाएको बेला ११ लाख टन धान चामल आयात गर्ने सरकाको निर्णय 


  • 335
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    भारतले प्रतिबन्ध लगाएको बेला ११ लाख टन धान चामल आयात गर्ने सरकाको निर्णय 

    काठमाडौं । सरकारले १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने निर्णय गरेको छ । उद्योग, बाणिज्य आपूर्ति मन्त्रालयले खाद्यन्नको अभाब हुन नदिनको लागि सो परिमाणमा धान र चामल आयात गर्ने निर्णय गरेको हो । 

    मन्त्रालयमा सचिवसँग भएको छलफलका क्रममा तत्कालै १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी ल्याउने भएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूर्ण रुपमा हुन नसकेको जस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले धान र चामल आयात गर्ने निर्णय गरेको हो । 

    गत साउनमा भारत सरकारले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस्तै, सरकारले ५० हजार टन चिनी निर्यात गर्ने निर्णय गरेको छ । तर, साे मात्रमा धान र चामल कसरी र कहिले ल्याउनेबारे भने मन्त्रालयले निर्णय गर्नेछ ।

     

     

     


    images
    images

    Logo