images
images

१८ बर्षे क्रिक्रेट करियरबाट ज्ञानेन्द्र मल्लले लिए सन्न्यास 


  • 334
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    १८ बर्षे क्रिक्रेट करियरबाट ज्ञानेन्द्र मल्लले लिए सन्न्यास 

    काठमाडौं । क्रिकेटर ज्ञानेन्द्र मल्लले १८ बर्षे  क्रिक्रेट करियरबाट सन्न्यास लिएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै घरेलु क्रिकेट पनि नखेल्ने बताएका छन् ।   

    सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।

    सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा  नामिवियाविरुद्ध डेब्यू गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेले ।

    सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे । २०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ मंसिरसँग नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए ।

    तर ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए । कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग टू खेले । तर, त्यसपछि भने उनी टिममा पर्न छाडेका थिए ।

    पोहोर साउनमा नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय क्रिकेटमा उनले टोलीमा पुनरागमन गरेका थिए ।ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी-२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।

     


    images
    images

    Logo