images
images

सुन तस्करी प्रकरणको थप अनुसन्धानको जिम्मा अव सिआईबीलाई


  • 286
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    सुन तस्करी प्रकरणको थप अनुसन्धानको जिम्मा अव सिआईबीलाई

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरीएको करिव १ सय किलो सुनको अनुसन्धान गर्ने सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी  अनुसन्धान गर्न ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्।

    क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभाग मार्फत अनुुसन्धान जारी रहेको छ । उच्च सरकारी स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दीनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए ।

    सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिक सहित १७ जना थुनामा छन् । सुन तस्करीमा संलग्न आरोपमा रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक, थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङसहित १७ जना पक्राउ परेका हुन् । 

     

     

     


    images
    images

    Logo