images
images

साइबेरियामा ब्यूँतिन लाग्यो लाखौं वर्ष पुरानो जीवाणु, महामारी फैलिने खतरा


  • 277
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    साइबेरियामा ब्यूँतिन लाग्यो लाखौं वर्ष पुरानो जीवाणु, महामारी फैलिने खतरा

    जलवायु परिवर्तनका कारण लाखौं वर्षदेखि दबिएका जीवाणु पर्माफ्रस्टबाट बाहिर निस्कन थालेको एक अध्ययनले देखाएको छ । ती मध्ये १ प्रतिशतले आजको पारिस्थितिक प्रणालीमा ठूलो खतरा निम्त्याउन सक्छ । ‘‘यस्ता प्रकारका ‘विगतका समयमा निष्क्रिय भइ अहिले सक्रिय भएका आक्रमणकारीहरू’ ले पारिस्थितिक प्रणालीमा पार्नसक्ने सम्भावित प्रभावलाई मात्रात्मक रूपमा मोडेल गर्ने यो पहिलो प्रयास हो’, अध्ययनका सह–लेखक जियोभन्नी स्ट्रोना, हेलसिंकी विश्वविद्यालयका इकोलोजिकल डाटा साइन्सेसका प्राध्यापकले भने ।

    पर्माफ्रस्ट वरफले दबिएको माटो, कंकड र बालुवाको मिश्रण हो । यो पृथ्वीको सतहमा वा तल आर्कटिक र अलास्का, ग्रीनल्याण्ड, रूस, चीन, र उत्तरी र पूर्वी युरोपका केही भागहरूमा पाइन्छ । जब पर्माफ्रोस्ट बन्छ, ब्याक्टेरिया र भाइरसहरू जस्ता सूक्ष्मजीवहरू भित्र फसेका हुन सक्छन् । तिनीहरू बिना कुनै चाल हजारौं र लाखौं वर्षसम्म बाँच्न सक्छन् । गर्मीले ती जीवाणुको मेटाबोलिक प्रक्रिया सुरु हुन सक्छ जसका कारण ती निष्क्रिय जीवाणुलाई फेरि पनि बाहिर आउन मद्दत गर्न सक्छ । 

    सन् २०१६ मा साइबेरिया प्रभावित भएको थियो

    ग्लोबल वार्मिङले पर्माफ्रस्ट पग्लिने र जीवाणु बाहिर आउनसक्ने सम्भावना हुन्छ । तीमध्ये महामारी फैलाउन सक्ने जीवाणुहरुहरु पनि पर्माफ्रस्ट पग्लिएर बाहिर आउन सक्छ । २०१६ मा, साइबेरियामा एन्थ्राक्सको प्रकोपले हजारौं बाह्रसिंगेहरु मरे र धेरै संख्यामा प्रभावित भए । वैज्ञानिकहरूले पर्माफ्रस्ट पग्लनुलाई नै कारण देखाए । मानव र अन्य जीवित जीवहरू लामो समयदेखि तिनीहरूको सम्पर्कमा नआएका कारण ती सूक्ष्मजीवहरूले सम्भावित खतरा निम्त्याउँछन् ।

    ‘ब्ल्याक स्वान’ बाट धेरै खतरा

    यदि जीवाणु लामो समयदेखि ब्याक्टेरिया, मानिस वा जनावरको सम्पर्कमा छ भने प्रतिरोधात्मक शक्ति बढेको हुनसक्ने अनुमान गर्न सकिन्थ्यो, जसले पारिस्थितिक प्रणालीको लागि कम खतरा हुन जान्थ्यो । तर यदि विगतमा कतै दबिएर निष्क्रय भएका जीवाणुहरु सक्रिय भए भने तपाइँले नयाँ जोखिमको सामना गर्नुपर्ने स्पष्ट छ’, स्ट्रोनाले बताइन् । टीमले एक दुर्लभ र असम्भव तर धेरै प्रभावकारी भन्दै १ प्रतिशत जीवाणुलाई ‘ब्याक स्वान’ घोषणा गरेका छन् ।  


    images
    images

    Logo