images
images

मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ साउन २८ गतेदेखि, क कस्ले दिने आवेदन ?


  • 630
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ साउन २८ गतेदेखि, क कस्ले दिने आवेदन ?

    काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ साउन २८ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर निष्काशन गर्न लागेको हो। स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६ सय २० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमा कम्पनीले ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ।

    त्यस्तै, कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । 

    यस्तो निष्काशन बन्द छिटोमा साउन ३१ गते हुनेछ भने ढिलोमा भदौ १० गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


    images
    images

    Logo