images
images

झिनो अंकले बढ्यो नेप्से, २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट 


  • 547
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    झिनो अंकले बढ्यो नेप्से, २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट 

    काठमाडौं । साताको अन्तिम दिन नेप्से झिनो अंकले बढेर बन्द भएको छ ।  अघिल्लो कारोबार दिन करिब १० अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ। आज २ सय ६२ स्क्रिपको १ अर्ब ७८ करोड रुपैयाँ बराबरको ५१ लाख ३० हजार कित्ता शेयर किनबेच भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५२ प्रतिशत घटेको छ। 

    विहीबार कारोबारमा आएको ७६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३० कम्पनीको शेयर मूल्य घटेकोे छ भने १२ कम्पनीको शेयर मूल्यमा स्थिर छ । 

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावर कम्पनीको ५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आइसीएफसी फाइनान्सको ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रोग्रेशिभ फाइनान्स कम्पनीको पनि ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन २ कम्पनीको शेयर मूल्यमा सकारात्मक र्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्ड रहेका छन् । । त्यसैगरी, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य र अभियान लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। 

     

     

     


    images
    images

    Logo