images
images

दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • 5.3K
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं । दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा आईएमई लाइफ इस्योरेन्स र नेपाल रिपब्लिक मिडिया रहेका छन् । 

    आईएमई लाइफ इस्योरेन्सको ४ करोड कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । सर्वसाधारण लगानीकर्ता-वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत ) मा वितरण गरिएको १ करोड २० लाख अर्थात २० प्रतिशत र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड ८० लाख अर्थात ७० प्रतिशत समेत गरी जम्मा ४ करोड कित्ता सूचिकृत भएको हो ।

    नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम १ सय ७६ दशमलव ५३ रुपैयाँ र अधिकृतम ५ सय २९ दशमलव ५९ रुपैयाँ ओपनिङ रेञ्ज तोकको छ । 

    यस्तै नेपाल रिपब्लिक मिडिया लिमिटेडको पनि ९६ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ८४ दशमलव ४७ रुपैयाँ र अधिकृतम २ सय ५३ दशमलव ४१ रुपैयाँ ओपनिङ रेञ्ज तोकको छ । यी दुवै कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo