काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगले आज फागुन १७ गते कम्पनीलाई हकप्रद निष्काशन सम्बन्धी प्रस्ताव साधारणसभामा पेश गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।