काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा लागि निष्काशन गरेको आईपीओमा अब भदौ १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ । जसमध्ये ५ लाख ७१ हजार ४ सय ३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई छुट्याइएको छ भने २ लाख ८५ हजार ७ सय २० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थिानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८ सय ५० कित्ता शेयर बाँडफाँट गरिनेछ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।



