images
images

हथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता ५० रुपैयाँ मात्र


  • 564
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    हथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता ५० रुपैयाँ मात्र

    काठमाडौं । हथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन ४ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । सोही आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

    कम्पनीले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका दरले २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ  । जसमा १ करोड ४६ लाख २५ हजार रुपैयाँ रहरको २ लाख ९२ हजार ५ सय कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरेको हो । 

    त्यस्तै कम्पनीले कर्मचारीहरुका लागि ५८ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४६ हजार २ सय ५० कित्ता छुट्याई। बाँकी रहेको २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । 

    उक्त आईपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। 


    images
    images

    Logo