images
images

सर्वसाधारणका लागि अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ आजदेखि


  • 450
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    सर्वसाधारणका लागि अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल १९ लाख ८८ हजार २ सय ३६ कित्ता आईपीओ निष्काशन गरेको छ । जसमध्ये  १ लाख ९८ हजार ८ सय २४ कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३९ हजार ७ सय ६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४ सय १२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित कुल १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तोनिष्काशन बन्द छिटोमा साउन २२ गते हुनेछ भने ढिलोमा साउन ३२ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

     


    images
    images

    Logo