images
images

आईपीओ निष्काशनका लागि सोनापुर मिनरल्सले पायो बोर्डको अनुमति


  • 442
    SHARES
  • २०८० श्रावण १७ गते बुधबार

    आईपीओ निष्काशनका लागि सोनापुर मिनरल्सले पायो बोर्डको अनुमति

    काठमाडौं । आईपीओ निष्काशन गर्नका लागि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले असार १७ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

    कम्पनीले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँमा प्रिमियम थप गरि १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७ सय ३८ रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर निष्काशन अनुमति पाएको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाहरुका लागि अंकित मुल्य १०० रुपैयाँमा १ सय २५ रुपैयाँ थप प्रिमियम सहित प्रतिकित्ता २ सय २५ रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ । यस्तै सर्वसाधारणको लागि १०० रुपैयाँ अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा थप प्रिमियम सहित प्रतिकित्ता २ सय ३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गर्नेछ ।

    सोनापुर मिनिरल्स एण्ड आयलले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाहरुका र सर्वसाधारणलाई गरि दुई चरणमा आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo