images
images

९ अंकले बढ्यो नेप्से, १ अर्ब ८१ करोडको कारोबार 


  • 354
    SHARES
  • २०८० श्रावण १७ गते बुधबार

    ९ अंकले बढ्यो नेप्से, १ अर्ब ८१ करोडको कारोबार 

    काठमाडौं । बुधबार कारोबारको अधिकांश समय नकारात्मक रहेको नेप्से परिसूचक, अन्तिम समयमा बढेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२५ अंकले बढेर २ हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ६९ स्क्रिपको १ अर्ब ८१ करोड रुपैयाँ बराबरको ९३ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।

    बुधबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जलविद्यूत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ।

    आज कारोबारमा आएका १ सय १७ कम्पनीको शेयर मुल्य बढेको छ । ८१ कम्पनीको शेयर मुल्य घटेको छ भने १९ कम्पनीको शेयर मूल्य स्थिर छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सानिमा बैंकको ८ करोड ९० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । प्रोग्रेशिभ फाइनान्स कम्पनीको ६ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, आरबीबी म्युचुअल फण्ड १ को ४.१४ प्रतिशतले शेयर मूल्य बढेको छ । स्टान्डर्ड चार्टर्ड  बैंकको ४.०३ प्रतिशतले बढेको छ भने सिद्धार्थ इक्विटी फण्डका ३.८९ प्रतिशतले शेयर मूल्य बढेको छ । 

     

     


    images
    images

    Logo