काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको साधारणसभा आज हुँदैछ । कम्पनीले लिसरा रिसेप्सन, नक्सालमा अपराह्न सवा १२ बजे बस्नेगरि सभा बोलाएको छ ।
सभाले हाल कायम पुँजी संरचनामा संस्थापक र साधारण शेयरको ७०ः३० अनुपातलाई परिवर्तन गरि ६५ः३५ प्रतिशत कायम गर्ने प्रस्ताव पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ । प्रस्ताव अनुसार ५ प्रतिशत बराबर हुन आउने ११ लाख कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुनेछ ।
सभामा संस्थापक शेयरधनीमध्येबाट नियुक्त भएका संचालकहरुको अनुमोदन गर्ने एजेण्डासमेत राखिएको छ । यो वर्ष इन्स्योरेन्सले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । हाल २ अर्ब २१ करोड चुक्ता पुँजी भएको कम्पनीले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन दोब्बर भन्दा बढी पुँजी पुर्याउनुपर्ने भएपनि यो वर्ष कुनैपनि लाभांश वितरण नगरेको हो ।



