काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.५९ अंकले घटेर २ हजार ७७ दशमलव ५८ विन्दुमा पुगेको छ । आज २ सय ६२ स्क्रिपको १ अर्ब ९२ करोड रुपैयाँ बराबरको ६० लाख १५ हजार कित्ता शेयर किनबेच भएको छ ।
मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तर ओरालो लागेको नेप्से, सोमबार सामान्य अंक बढेको थियो। आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार १ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिन १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।
मंगलबार कारोबारमा आएको १७ कम्पनीको शेयर मूलय बढेको छ । १ सय ९६ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ७ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ५ करोड १८ लाख रुपैयाँमाथिको शेयर कारोबर भएको छ ।
त्यस्तै, सुपर मोदी हाइड्रोपावरको ४.६० प्रतिशत शेयर मुल्य बढेको छ । सेक्लेस हाइड्रोपावरको १.९३ प्रतिशतले बढेको छ । कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ६.५४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सिभिल लघुवित्त र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।



