काठमाडौं । अपर तामाकोशीले बुक क्लोजको मिति तय गरेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
जस अनुसार साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीकाे हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।