काठमाडौं । प्राथमिक तह शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने भएको छ । शिक्षा सेवा आयोगले आज एक सुचना जारी गर्दै आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा असोज १३ गतेलाई सरेको जनाएको हो । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।
लोकसेवा आयोगबाट सञ्चालन हुने राप अनंकित द्वितीय श्रेणी खरिदार पदको परीक्षाको मितिसँग जुध्न गएकाले मिति सारिएको आयोगले जनाएको छ।
आयोगले सोमबार जारी गरेको सूचनामा उल्लेख छ, ‘पूर्वनिर्धारित मिति २०८० साल असोज ६ गते सञ्चालन हुने परीक्षा मिति २०८० असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन हुने एवं परीक्षासम्बन्धी अन्य व्यवस्था पूर्व सूचनाअनुसार नै रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
