images
images

रिलायबल नेपाल लाइफको आईपीओ साउन २३ गतेदेखि


  • 414
    SHARES
  • २०८० श्रावण १५ गते सोमबार

    रिलायबल नेपाल लाइफको आईपीओ साउन २३ गतेदेखि

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ साउन २३ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

     कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । जसमध्ये १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफँट गरिसकेको छ । 

    बाँकी रहेको शेयरमध्ये  ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा साउन २६ हुनेछ भने ढिलोमा भदौ ५ गते हुनेछ । 

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


    images
    images

    Logo