काठमाडौं । आज २ वटा कम्पनीको विशेष साधारणसभा हुँदैछ । सोमबार एनएलजी इन्स्योरेन्स र माबिलुङ इनर्जी लिमिटेडले विशेष साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा एनएलजी इन्स्योरेन्सले अम्रपाली व्यांक्वेट, बालुवाटार काठमाडौंमा बिहान ९ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीको चुक्ता पूँजीमा वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । साथै,१०ः६.६ को अनुपातको हक शेयर जारी गर्दा प्रस्ताव पास गर्नेछ प्रबन्धपत्र संशोधन गनुपर्ने भएमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
त्यस्तै, माबिलुङ इनर्जी लिमिटेडले कम्पनीको कार्यालय, कुपण्डोल, ललितपुरमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने लगायतका एजेण्डा राखेको छ ।



