images
images

सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 364
    SHARES
  • २०८० श्रावण १५ गते सोमबार

    सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो सोही आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

    कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको छ ।  जसमध्ये ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । 

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।


    images
    images

    Logo