images
images

नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ५० करोड 


  • 292
    SHARES
  • २०८० श्रावण १४ गते आइतबार

    नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ५० करोड 

    काठमाडौं । नेप्सेले आइतबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ । गत सोमबार देखि घटेको बजारले आज पनि निरन्तरता दिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१४ अंकले २ हजार १ सय दशमलव ३४ विन्दुमा पुगेको छ । 

    आइतबार २ सय ६६ स्क्रिपको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ६८ लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेपनि काराेबार रकम भने बढेकाे छ । गत बिहीबार २ अर्ब ३६ कराेड रुपैयाँ बराबरकाे शेयर काराबेार भएकाे थियाे । आज कारोबारमा आएको १८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८९ कम्पनीको शेयर मूल्य घटेको छ  भने १० कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ११ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको १० करोड २० लाख रुपैयाँले शेयर कारोबार भएको छ । 

    आइतबार पिपुल्स पावरको ३.५६ प्रतिशतले बढेको छ । त्यस्तै, सुपर माइ हाइड्रोपावरको ३.०६ प्रतिशतले बढेको छ ।  


    images
    images

    Logo