काठमाडौं । स्वस्तिक लघुवित्तले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको अधिकृत पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने लागेको हो । कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सो सम्बन्धी लघुवित्त र क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतामा लघुवित्तका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न.पा.वडा नम्बर ८ मा रहेको छ । हाल लघुवित्तले १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ । आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरहरु सार्वजनिक निष्काशनको माध्यमबाट सर्वसाधारणमा निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको कम्पनीले जनाएको छ ।



