images
images

साउन ३१ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै अपि पावर 


  • 481
    SHARES
  • २०८० श्रावण १४ गते आइतबार

    साउन ३१ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै अपि पावर 

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अथात् कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर निष्काशन गर्न लागेको हो। 

    यस अनुसार कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद शेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ।


    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २ सय १२ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९ सय १२ रुपैयाँ पुग्नेछ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। 

     


    images
    images

    Logo