images
images

मिड सोलु हाइड्रोपावर आईपीओ आजदेखि, क-कसले दिन पाउनेछन् आवेदन ?


  • 476
    SHARES
  • २०८० श्रावण १४ गते आइतबार

    मिड सोलु हाइड्रोपावर आईपीओ आजदेखि, क-कसले दिन पाउनेछन् आवेदन ?

    काठमाडौं ।  मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४ सय लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ। जसमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं। ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई छुट्याइएको छ भने १ लाख ८७ हजार १ सय कित्ता सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिने कम्पनीले जनाएको छ । 

    साथै कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओ मध्ये ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको छ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानिय बासिन्दाहरुका लागि यस्तो निष्काशन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ ११ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन २८ गतेभित्र आवेदन दिनु पर्नेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo