काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले स्थानिय बासिन्दाका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ थप गरी प्रतिकित्ता १ सय १६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो सोही आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो ।
कम्पनीले कुल ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको छ। जसमध्ये कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।



