images
images

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 654
    SHARES
  • २०८० श्रावण १४ गते आइतबार

    सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो सोही आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो ।

    कम्पनीले कुल १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता निष्काशन गर्ने भएको छ । जसमा  ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५ सय कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिनेछ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५ सय  कित्ता शेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन गरिने इन्स्योरेन्सले जनाएको छ।

    त्यस्तै कम्पनीको कुल निष्काशित शेयरमा ११ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरिने छ । ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको  ९० लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । 

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।


    images
    images

    Logo