काठमाडौं । आज २ वटा कम्पनीको विशेष साधारणसभा हुँदैछ । आइतबार बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा बरुण हाइड्रोपावरले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा दिउसो १ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीले गरेका लगानीहरुको सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, ङादी ग्रुप पावरले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा दिउँसो १० बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।



