काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३७.४४ अंक घटेर २ हजार १ सय २६ दशमलव ४८ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो।
आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेसँगै सोमबारदेखि घट्न थालेको शेयरबजार साताको अन्तिम कारोवार दिनसम्म समेत नकारात्मक बन्न पुग्दा बजार परिसूचकमा सो अंकको गिरावट देखिएको हो ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५५ अर्ब रुपैयाँ घटेर ३१ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ।
साताको पहिलो दिन आइतबार नेप्से बढेर बन्द भएको थियो सो दिन ६३.२४ अंकले बढेर २ हजार २ सय २७ दशमलव १६ अंकमा पुगेको छ । सो दिन ४ अर्ब ३० करोड बरारबको शेयर कारोबार भएको थियो । साताको दोस्रो दिन भने नेप्से घटेर बन्द भएको थियो । सो दिन २६.६६ अंकले घटेर २ हजार २ सय दशमलव ५० विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार ३६.१९ अंकले घटेर २ हजार १ सय ६४ दशमलव ३१ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ८५ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगे कारोबार रकम पनि घटेको थियो । बुधबार ८.११ अंकले घटेर २ हजार १ सय ५६ दशमलव २० विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
साताको अन्तिम दिन आज बिहीबार बजार परिसूचक २९.७१ अंकले घटेर २ हजार १ सय २६ दशमलव ४८ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस साता अन्य उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक १।१० प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ४।१९ प्रतिशत घटेको छ।
यस साता तीन कम्पनीको ४४ लाख ३५ हजार ५ सय ३७ दशमलव ४७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता नेशनल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र एनएमबि लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।



