images
images

नेप्सेमा ८ कम्पनीको १० करोड बढी कित्ता शेयर सूचीकृत, कुनको कति ?


  • 938
    SHARES
  • २०८० श्रावण १३ गते शनिबार

    नेप्सेमा ८ कम्पनीको १० करोड बढी कित्ता शेयर सूचीकृत, कुनको कति ?

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन पहिलो र दोस्रो सातामा ८ कम्पनीको १० करोड ६५ लाख ६३ हजार ३ सय २२ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । साउन १ गतेदेखि १२ गतेसम्म विभिन्न ९ कम्पनीको सो शेयर नेप्सेमा, सुचीकृत भएको हो । 

    त्यस्तै,  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड ३ को सबैभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८ करोड ५ लाख ८० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    त्यस्तै, साविकको अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको मर्जपश्चातको युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट १ करोड ९० लाख ४५ हजार कित्ता शेयर सूचीकृत भएर कारोबारमा आएको छ ।

    त्यस्तै, नेप्सेमा किसान लघुवित्त, हिमालयन लघुवित्त र अरुण काबेलीको बोनस शेयर सुचीकृत भएको हो । यस्तै, किसान लघुवित्तको  ३ लाख २९ हजार र हिमालयन लघुवित्तको ३ लाख १६ हजार बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ । यसका साथै अरुण काबेलीको १८ लाख ५५ हजार बढी कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।


    यसैगरि, नेशनल लाइफ इस्योरेन्सको ३७ लाख १२ हजार ३ सय ४५ कित्ता, मनकामना स्मार्ट लघुवित्तको ६७ हजार ३ सय २९ कित्ता र एनएमवि लघुवित्तको ६ लाख ५५ हजार ८ सय ६२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

    S.N Company Name Listing
    1 Siddhartha Investment Growth Scheme 3  80580000
    2 Kisan Laghubitta Bittiya Sanstha 329959
    3 United Ajod Insurance Limite 19045680
    4 Arun Kabeli Power Limited 1855211
    5 Himalayan Laghubitta Bittiya Sanstha 316936
    6 National Life Insurance Company 3712345
    7 Manakamana Smart Laghubitta 67,329
    8 NMB Laghubitta  655862
      Total  106563322


    images
    images

    Logo