काठमाडौं । जानकी फाइनान्सको साधारणसभा आज हुँदैछ । कम्पनीले सभा, मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ ।
फाइनान्सले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सो सभाले साधारण सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा लगायतका एजेण्डा पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । साउन १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।



