images
images

७ नयाँ ब्रोकरले नेप्सेबाट पाए सदस्यता, कुनको ब्रोकर नम्बर कति ? 


  • 546
    SHARES
  • २०८० श्रावण १२ गते शुक्रबार

    ७ नयाँ ब्रोकरले नेप्सेबाट पाए सदस्यता, कुनको ब्रोकर नम्बर कति ? 

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेले ७ नयाँ  ब्रोकर कम्पनीलाई सदस्यता प्रमाणपत्रसँगै ब्रोकर नम्बर दिएको छ।  नेप्सेले शुक्रबार सदस्यता प्रमाणपत्र ब्रोकर नम्बर दिएको हो । 

    सदस्यताको प्रमाणपत्र पाएसँगै एलिट स्टक हाउसले ब्रोकर नम्बर ६८ प्राप्त गरेको छ । त्यसैगरी इन्डेक्स सेक्युरिटिज ब्रोकर नम्बर ६९ पाएको छ भने इन्फिनिटी सेक्युरिटिजले ब्रोकर नम्बर ७० प्राप्त गरेको छ । 

    यता, शुभकामना सेक्युरिटिजले ब्रोकर नम्बर ७१ पाएको छ  भने हातेमालो फाइनान्सियल सर्भिसेसलाई ब्रोकर नम्बर ७२ दिइएको छ । कलश सेक्युरिटिजले ब्रोकर नम्बर ७४ प्राप्त गरेको छ भने ब्रोकर नम्बर ७३ पाउनेमा  मनि वल्र्ड सेयर एक्सचेन्ज रहेको छ । 

    योसँगै कारोबार सदस्यता पाउने नयाँ ब्रोकरको संख्या १४ पुगेको छ । यसअघि नयाँ ७ वटा ब्रोकरले नेप्सेबाट कारोबार सदस्यता पाएका थिए । यी कम्पनीले अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि कारोबार सुरु गर्न सक्ने छन्।  

     


    images
    images

    Logo