images
images

२ कम्पनीको शेयरमूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?


  • 553
    SHARES
  • २०८० श्रावण ११ गते बिहीबार

    २ कम्पनीको शेयरमूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?

    काठमाडौं । नेप्सेले २ कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । बिहीवार मल्टिपर्पस फाइनान्स कम्पनी र सिनर्जी पावर डेभलपमेन्टको शेयर मुल्य समायोजन भएको हो ।

    मल्टिपर्पस फाइनान्स कम्पनीले घोषणा गरेको ३५ प्रतिशत हकप्रद शेयर पछि मुल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मुल्य ३ सय १८ रुपैयाँ ३७ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ३ सय ९४ रुपैयाँ ८० पैसामा भएको थियो । 

    त्यस्तै, सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रद शेयरपछि आज मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको मुल्य २ सय ३ रुपैयाँ ३३ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य २ सय ५५ रुपैयाँ भएको थियो । 

    मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा आइतबार ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।


    images
    images

    Logo