images
images

नेप्से निरन्तर घट्दो, कारोबार रकम पनि खुम्चियो 


  • 323
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    नेप्से निरन्तर घट्दो, कारोबार रकम पनि खुम्चियो 

    काठमाडौं । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । सोमबारदेखि घटेको बजारले आज बुधबार पनि निरन्तरता दिएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.११ अंकले घटेर २ हजार १ सय ५६ दशमलव २० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ६० स्क्रिपको २ अर्ब ४३ करोड रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ । म‌गलबार २ अर्ब ८५ कराेड बराबरकाे शेयर काराेबार भएकाे थियाे । 

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। बुधबार कारोबारमा आएका ६७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४१ कम्पनकिो शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर छ ।  

    आज सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको संस्थापक शेयरको कारोबार भएको छ । सो कम्पनीको १५ करोड १२ लाख रुपैयाँ शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८ करोडमाथि शेयर कारोबार भएको छ । हिमालयन लाइफको ६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    किसान लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.९६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। किसान लघुवित्तसँगै मर्ज हुन लागेको जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ६.४९ प्रतिशत घटेको छ। 

     

     


    images
    images

    Logo