काठमाडौं । संसद भवन अगाडी लघुवित्त पीडितले विरोध प्रदर्शन गरेका छन् । आज बिहान माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेपछि धकेलाधकेल समेत भएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा केहीबेर धकेलाधकेल भएको हो।
‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्नेलगायतका विभिन्न पाँचबुँदे माग अघि सारेका छन् । काठमाडौंको एभरेष्ट होटल अगाडिको सडकमा माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले पीडितहरुले प्रदर्शन गरेका थिए ।
लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण निस्शुल्क प्रदान गर्नुपर्ने उनीहरूको माग छ।



