काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तको संयोजक र सदस्य पदका लागि सर्टलिष्टमा परेका १४ जनाको अन्तर्वार्ता साउन २३ गतेदेखि २५ गतेसम्म हुने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै सर्टलिष्टमा परेका १४ जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो ।
संयोजक पदका लागि राष्ट्र बैंकको सर्टलिष्टमा परेकाहरुमा तेजेन्द्र शर्मा लम्साल, विमल नेपाल, कमल बहादुर खत्री, मुक्ति शंकर श्रेष्ठ, मिन बहादुर बोहोरा, रोशन निरौला, निर्मल कुमार कार्की, कुलमणि तिम्सिना र शेष नारायण पोख्रेल रहेका छन् ।
त्यस्तै, राष्ट्र बैंकले सदस्य पदका लागि शेष नारायण पोख्रेल,कुलचन्द्र पराजुली, महेश कुमार माझी, रुपक थापा, देवचन्द्र रायलाई सर्टलिष्टमा राखेको छ ।
राष्ट्र बैंकले संयोजक पदका लागि ९ जना र सदस्य पदका लागि ५ जनाको सर्टलिष्ट सार्वजनिक गरेको छ । सर्टलिष्टमा परेका मध्येबाट दुबै पदका लागि १/१ जना मात्रै छनोट हुने राष्ट्र बैंकले जनाएको छ ।




