images
images

गोरखापत्र संस्थानका १२ जना कर्मचारीको नियुक्ति खारेज गर्न निर्देशन


  • 266
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    गोरखापत्र संस्थानका १२ जना कर्मचारीको नियुक्ति खारेज गर्न निर्देशन

    काठमाडौं । गोरखापत्र संस्थानका १२ जना कर्मचारीको नियुक्ति खारेज गर्न  राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ ।

    संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी न्युनतम प्रकृयासमेत नपुर्याइ ठाडो तोक आदेशको भरमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । 

    साथै, उक्त १२ जनाको नियुक्ति खारेज गरी संस्थानको प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई कारबाही गर्न समेत केन्द्रले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

    s.jpg


    images
    images

    Logo