images
images

राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षकको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • 334
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षकको मोटरसाइकल दुर्घटनामा  मृत्यु

    काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ । 

    फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 

    राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत अनुसन्धान निरीक्षक साह मङ्गलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका हुन्। उनको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । 

    दुर्घटनाबारे अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।


    images
    images

    Logo