काठमाडौं । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो।
बैंकले कुल२ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ।
उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।



