काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो सोही आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो ।
कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये १२ लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्ने भएको छ । त्यस्तै, ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइबाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।



