images
images

नेपाल प्रहरीका १ एसपी र २ जना डीएसपीको काज सरुवा, को कहाँ पुगे ?


  • 579
    SHARES
  • २०८० श्रावण ९ गते मंगलबार

    नेपाल प्रहरीका १ एसपी र २ जना डीएसपीको काज सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका १ जना प्रहरी उपरीक्षक (एसपी) र २ जना नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयले एसपी र डीएसपीको काज सरुवा गरेको हो ।

    कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखमा पठाएको छ । 

    त्यस्तै, डीएसपी दधिराम न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय बारामा र डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडैंमा काज सरुवा गरिएको कार्यालयले जनाएको छ । 

     


    images
    images

    Logo