images
images

विमानस्थलका भन्सार प्रमुख फेरिए, पोखरेलको ठाउँमा टोकराज पाण्डे


  • 311
    SHARES
  • २०८० श्रावण ९ गते मंगलबार

    विमानस्थलका भन्सार प्रमुख फेरिए, पोखरेलको ठाउँमा टोकराज पाण्डे

    काठमाडौं । सुन तस्करी प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख फेरिएका छन् ।  भन्सार प्रमुखबाट अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी तोकेको छ ।

    अर्थ मन्त्रालयमा रहेका पाण्डेलाई विमानस्थलका भन्सार प्रमुखमा खटाइएको हो । पाण्डे आइतबारमात्रै राष्ट्रिय किताबखानाबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

    साउन ३ गते विमानस्थल भन्सार पार भएको सय किलो सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि सो समयमा उनी बिदामा रहेका थिए ।  

     

     


    images
    images

    Logo