images
images

ओटिसी बजारमा ८४ कम्पनीका २ करोडभन्दा बढी कित्ता शेयर किनबेच


  • 355
    SHARES
  • २०८० श्रावण ९ गते मंगलबार

    ओटिसी बजारमा ८४ कम्पनीका २ करोडभन्दा बढी कित्ता शेयर किनबेच

    काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको २ करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्ख्या २ सय ५ वटा छ ।
     
    दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको शेयर २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ८ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको हो । ओटिसी बजारमा भएको कारोबारबाट गतवर्ष ५ करोड २९ लाख ५५ हजार ९ सय ८० रुपैयाँ बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले जनाएको छ । ओटिसी बजारमा काठमाडौँ फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता रू एक हजार एक सय २५ मा २ हजार २ सय २२ कित्ता शेयर खरिदबिक्री भएको छ । 

    ओटिसी बजारमा शेयर कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँका दरले किनबेच भएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्जले ओटिसी बजारको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको थियो । 

    नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसेका पब्लिक कम्पनीको शेयर कारोबार तथा नामसारी नेप्सेले ओटिसी बजारमार्फत् गर्दै आएको छ ।


    images
    images

    Logo