काठमाडौं । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.१९ अंकले घटेर २ हजार १ सय ६१ दशमलव २१ बिन्दुमा पुगेको छ ।
आज २ सय ६७ स्क्रिपको २ अर्ब ९१ करोड रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसगँ कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आइतबार मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने समाचार आएसँगै उच्च गतिमा बढेको बजार सोमबारदेखि घट्न थालेको हो।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएको ३२ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ७६ कम्पनीको शेयर मुल्य घटेको छ । ९ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको ७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा किसान लघुवित्त रहेको छ । सिटि होटलको ७.७४ प्रतिशतले बढेको छ । रिभल फल्स पावरको ६.३१ प्रतिशतले बढेको छ ।



